३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


टर्कीको हवाई आक्रमणबाट सिरिया र इराकमा दर्जनौं कुर्द लडाकु मारिए


0
Shares

इस्लामिक अतिवादी समुह आईएस विरुद्धको गठबन्धनसँगको समन्वय विना आक्रमण गरिएको भन्दै ह्वाइट हाउसले चिन्ता जनाएको हो ।

अमेरिका समर्थित कुर्द लडाकुको समूह वाईपीजीले आफ्नो आधार क्षेत्रमा आक्रमण भएको जनाएको छ ।

यो समूहलाई टर्कीले कुर्द पृथकतावादीसँग सम्बन्धित मान्दै आएको छ । कुर्द लडाकु इस्लामिक अतिवादी समुह आईएस विरुद्ध संघर्षरत छ ।

इराक सरकारले पनि आफ्नो मुलुकमा टर्कीले गरेको आक्रमणको निन्दा गरेको छ । टर्कीले भने आक्रमणबारे रुस र अमेरिकालाई जानकारी दिएको जनाएको छ । (एजेन्सी)