Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चुनावको मिति सरेपछि मतदातामा चिन्ता र आशंका(भिडियो)


0
Shares

-टेकराज अवस्थी/ईमेज

चुनाव आउन १९ दिन मात्र बाँकी रहँदा मिति नै सारिएपछि डडेल्धुराबासी निरास भएका हुन् । दुई दशक पछि हुन लागेकोे स्थानीय तहको निर्वाचन दुई चरणमा हुने गरी मिति सारिए पछि डडेल्धुराबासी पनि सशंकित बनेका हुन् ।

स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धि राजनीतिक दलहरुबाट व्यापक प्रचारप्रसार भईसकेको र जनतालाई निर्वाचनमा होमिसकेपछि परिबर्तन भएको निर्वाचन तालिकाबाट आम मतदाताहरु सशंकित भएको उनीहरु बताउंछन ।

निर्वाचनका लागि बैशाख ३१ नै उपयुक्त भएको भन्दै सारिएको मितिमा जनताको खेतीपाती गर्ने समय भएकोले निर्वाचन सहभागिता प्रभाबित हुने महिला अधिकारकर्मी कमला बिष्ट बताउँछिन् ।

लामो समयदेखि जनप्रतिनिधि रिक्त रहेको नेपाली जनताले संबिधान जारी सँगै संघीयताको स्थानीय स्वरुपमा हुन लागेको चुनावमा आफ्नो मताधिकार गर्न आतुर रहेका बेला राजनीतिक सहमतिका नाममा चुनावको मिति सारिनुलाई राम्रो लक्षण नभएको स्थानीयको बुझाइ छ ।

आफ्नो राजनीतिक दलहरुबाट टिकट लिन र जनतासँग मत माग्न क्रियासिल रहेका राजनीतिक दल तथा मतदान गर्न तातेका जनताले स्थानीय निर्वाचन नै नहुने हो कि भन्ने शंका मात्र छैन मौसमी समयले साथ नदिए चुनावमा अपेक्षित सहभागिता समेत नरहने बताएका छन ।