३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ट्रम्पलाई अर्को धक्काः आप्रबासी सम्बन्धी राष्ट्रपतिको योजनामा अन्तरिम रोक


0
Shares

सान फ्रान्सस्किोस्थित संघीय न्यायाधीश विलियम ओरिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना विरुद्ध यस्तो आदेश दिएका हुन् ।

सान फ्रान्सिस्को र सान्टा क्लारा काउन्टीले राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध मुद्दा हालेका थिए ।

उक्त मुद्दामा न्यायाधीश ओरिकाले अस्थायी निषेधाज्ञा जारी गर्दै अदालतबाट छिनोफानो नभएसम्म राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् ।

राष्ट्रपतीय आदेश अनुसार आप्रवासन अधिकारीहरुसँग समन्वय नगर्ने शहर तथा नगरहरुलाई केन्द्रबाट दिइने आर्थिक सहायता रोक्न सकिन्थ्यो ।

सातवटा मुस्लिम बाहुल्य मुलुकबाट आप्रवासीको प्रवेशलाई कटौती गर्ने ट्रम्पको योजनामा पछिल्लो आदेशले अर्को धक्का दिएको छ ।

ट्रम्प प्रशासनले फौजदारी अपराधमा दोषी देखिएका आप्रवासीलाई फिर्ता गर्न उनीहरुलाई समात्नुपर्ने बताउदै आएको छ ।

तर न्यायाधीशले त्यस्ता व्यक्तिलाई धरौटीमा छाडिदिएपछि कानूनी रुपमा पक्राउ गर्न नमिल्ने ती शहरहरुको तर्क छ । (एजेन्सी)