Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सगुनले लगानी अवसर पुनः ल्याउने, ठूला लगानीकर्तालाई अवसर


0
Shares

यस चरणमा ब्रोकर एजेन्टले ठुला लगानीकर्ता खोजी गरी लगानी भित्र्याउने बताइएको छ । पहिलो चरणमा जस्तो यो चरणमा साना लगानीकर्ताले भने लगानी गर्न भने सक्ने छैनन् ।

सगुन https://www.sagoon.com ले बिश्वभरबाट आएको लगानीकर्ताको आग्रहलाई ध्यान दिदै कम्तिमा १ हजार डलर भन्दा माथि लगानी गर्न चाहनेलाई अवसर दिन गरेको आग्रह ब्रोकर डिलरले स्वीकारेको सगुनले बताएको छ ।

यस चरणमा कम्तिमा १ हजार डलर भन्दा माथि लगानी गर्न चाहनेले लगानी गर्न सक्ने छन् । पहिलो चरणमा भने सर्वसाधारणलाई लक्षित गरी सगुनले २९९ डलर भन्दा माथि लगानी गर्न अवसर प्रदान गरेको थियो ।

पहिलो चरणमा बिश्वभरबाट उल्लेख्य मात्रामा सर्वसाधारणले लगानी गरेका थिए । दोस्रो चरणको लगानी मे महिनाको दोस्रो साताबाट खुलाउने गरी ब्रोकर एजेन्टले काम अगाडि बढाई रहेको जानकारी सगुनले दिएको छ ।

बिश्वभरबाट बिभिन्न कारणले सगुनमा लगानी गर्न छुटेकोले लगानीको अवसर जुटाइदिन आग्रह गरेपछि सगुनले पुन १ हजार डलर भन्दा माथि लगानी गर्नेहरुलाई अवसर दिन लागेको बताएको छ ।

यस चरणमा संस्थागत तथा ठुला लगानीकर्ताहरुलाई बोक्रर डिलरले लगानीको लागि आग्रह गर्ने छ । यस चरणमा करिव १७ मिलियन अमेरिकन डलर उठाइने बताइएको छ ।

यस चरणमा पहिलो चरणको सेयर निश्कासनमा भएका मुल्य लगायतका प्रावधानहरु यथावत नै रहने समेत बताइएको छ ।

उद्यमशीलता र नयाँ प्रयोग मार्फत बिश्व बजारमा प्रतिष्पर्धा गर्ने आँट गरिरहेको सगुनले संसारभर छरिएका नेपालीहरुबाट साथ र सकारात्मक सन्देशहरु प्राप्त भैरहेकोले अगाडि बढ्न हौसला मिलिरहेको जनाएको छ ।

सामाजिक सञ्जाल सगुन https://www.sagoon.com लाई अझ परिस्कृत तथा नयाँ नयाँ भर्सनमा प्रयोगकर्ता माँझ ल्याउन सगुन इन्क लागिपरेको छ ।