२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


यसकारण तोकिएकै मितिमा निर्बाचन नहुन सक्छ, बढ्यो अन्योल (भिडियो हेर्नुहोस)


0
Shares

-अक्कल कुँवर/ राजेन्द्र नापित(ईमेज)

मुख्यगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र संविधानप्रति असन्तुष्ट मधेशी मोर्चाको अडानका कारण सरकार निर्वाचनका लागि वातावरण बनाउन असफल भईरहेको छ ।

सरकार निर्वाचनको लागि आवश्यक वातावरण बनाउन असफल हुँदै गर्दा घोषित मितिमा निर्वाचन हुनेमा अन्योल थपिदै गएको छ । तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका बढ्दै गएको छ ।

सरकारले निर्वाचनको लागि आवश्यक वातावरण निर्माण गर्न नसक्दा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आशंका वढ्न थालेको हो ।

निर्वाचनको वातावरण बन्न नसक्नुमा सरकारको कमजोरी त छदैछ, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र संविधानप्रति असन्तुष्ट मधेशी मोर्चाको अडान पनि उत्तिकै जिम्मेवार छ । नेकपा एमाले संविधान संशोधन गर्ने नहुने अडानमा छ ।

संविधान संशोधन गर्न सरकार र मधेशी मोर्चाबीच भएको सहमति विरुद्ध प्रतिपक्ष दल एमालेले संसद बैठक समेत अवरोध गरेको छ ।

उता संविधानप्रति असन्तुष्ट रहेको मधेशी मोर्चा भने संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडानमा छ । मुख्यगरी राजनीतिक कारणले निर्वाचन हुनेमा आशंका तथा जटिलता थपिदै गईरहेको विज्ञहरुको ठहर छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले स्वतन्त्र र निडर भुमिका निर्वाह गर्न नसक्नु तथा पदाधिकारीहरुको अपरिपक्क निर्णयले पनि निर्वाचनप्रति आशंका र जटिलता थपिदै गएको विज्ञहरुले टिप्पणी छ ।

सरकारले निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्न नसके घोषित मितिमा निर्वाचन हुन नसक्ने पूर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्रको भनाई छ ।

सरकार र मधेशी मोर्चाबीच दोस्रो चरणमा निर्वाचन गर्ने, परिमार्जनसहित संविधान संशोधन गर्ने, छुटेका मतदाता नामावली संकलन गर्ने र स्थानीय तहको संख्या बढाउने सहमति भएको थियो ।

तर उक्त सहमति विरुद्ध प्रमुखप्रतिपक्ष दल नेकपा एमाले कडा रुपले प्रस्तुत भएपछि चुनावमा अन्योलता थपिएको हो ।