Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सुझाव


0
Shares

-रविन ठकुरी/ईमेज

गृह मन्त्रालय र जापानी सहयोग नियोग (जाईका) ले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागिहरुले विपद् व्यवस्थापनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनीहरुले विद्यालय पुनर्निर्माण, स्वास्थ्य सेवा, सरकारी एवं सार्वजनिक पूर्वाधारको पुनर्निर्माण एवं रेट्रोफिटिङलाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन्

भुकम्पबाट प्रभावितहरुका लागि जलवायु परिवर्तनबाट सुरक्षित राख्ने गरी सुरक्षित आवास बनाउन पनि सहभागीहरले सुझाएका छन् ।

भुकम्पबाट प्रभावितहरुलाई उच्च जोखिमबाट न्यून जोखिम रहेको क्षेत्रमा स्थानान्तरण गराउन पनि सुझाव दिएका छन् ।

जाइकाले भुकम्प प्रभावित क्षेत्रका घर, विद्यालय, सांकृतिक सम्पदा, खानेपानी लगायत क्ष्ँेत्रका लागि २७ करोड ५० लाख डलर सहयोग गरिसकेको जनाएको छ ।

जाइकाले २ वटा जिल्लामा घर पुनर्निर्माणका लागि ९ करोड ६० लाख डलर, विद्यालय पुनर्निर्माणका लागि ११ करोड २० लाख डलर अनुदान सहयोग गरेको आयोजना प्रमुख ईचिरो कोबायाचीले बताए ।

जाइकाले पुनर्निर्माण क्षेत्रमा काम गर्न करिब ११ हजार जनालाई तालिम दिएको पनि जनाएको छ ।
 

Skip This