Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आइपीएल क्रिकेट : पुणेलाई हराउँदै कोलकाता शीर्षस्थानमा


0
Shares

गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हरायो । १ सय ८३ रनको लक्ष्य कोलकाताले ११ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

कोलकाताको जितमा रोविन उथप्पाले ८७ तथा गौतम गाम्भिरले ६२ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । पुणेका लागि कप्तान स्टेभेन स्मिथले अविजित ५१ रन तथा अजिन्क्या राहानेले ४६ रन जोडेका थिए ।

गएरातिको जितपछि कोलकाता अंक तालिकाको शीर्ष स्थानका उक्लिएको छ । ८ मध्ये ६ खेल जितेको कोलकाताको १२ अंक छ । ४ खेल जितेको पुणे भने ८ अंकको साथ चौथो स्थानमा समेटिएको छ ।