
गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग बिहीबार राजधानीमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छिट्टै राजनीतिक सहमति कायम गरी निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई आग्रह गरे । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग सहयोगको अपीलसमेत गरे ।
डा. यादवले स्थानीय तहमा आफ्नो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर आयोग सचेत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्