
लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीसँगको उपाधि होड जीवित राख्नेक्रममा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरीक्सनले ७८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० ले हरायो । खेलको ८६ औं मिनेटमा लेस्टर सिटीका रोबर्ट हुथले आत्माघाती गोल गरेपछि आर्सनल विजयी भएको हो ।
गएराति नै भएको अर्को खेलमा मिडिल्सब्रोले सण्डरल्याण्डलाई १–० ले हराएको छ ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानको चेल्सीमाथि टोटनह्यामले दबाब बढाएको छ । ३३ खेलबाट चेल्सीको ७८ अंक छ भने टोटनह्यामको ७४ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ६६ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबलमा आज राति म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्