मधेसी मोर्चाका नेताहरुलाई बिहीबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारले ११ जिल्लामा जारी गरेको सर्कुलरमात्र फिर्ता लिएको तर प्रस्ताव नै फिर्ता नलिएको जानकारी दिएका हुन् ।
उनले राजनीतिक दलहरुबीच सहमति कायम गरेर जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गरिने भन्दै मधेसी मोर्चाका नेताहरुलाई विश्वस्त हुन आग्रह गरेको राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको छलफलमा राजपाका नेताहरुले निर्वाचनमा जान आफूहरुले माग गरेको चुनाव चिह्न पाउनुपर्ने बताएका थिए । उनीहरुले मधेसी मोर्चामा आबद्ध विभिन्न दल एकीकरण भएर बनेको नयाँ पार्टीलाई दर्ता गर्न दिनुपर्ने र चुनाव चिह्न पाउनुपर्ने माग गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्