स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा एमाले केन्द्रीय प्रचार विभागले बिहीबार राजधानीमा गरेको राष्ट्रिय प्रचार भेलामा अध्यक्ष ओलीले सरकार नै राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागिरहेको आरोप लगाए ।
उनले चुनावको मुखमै आएर सरकारले विभिन्न बहाना गरी निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।
ओलीले चुनावको आवरणमा सरकारले तराई र पहाडलाई छुट्याउन खोजिरहेको जिकिर गर्दै सरकार र केही बद्नियत भएका शक्तिको षड्यन्त्रलाई सफल हुन नदिने बताए ।
प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई पक्राउ गरिएको सन्दर्भमा अध्यक्ष ओलीले वर्तमान सरकार धाँधलीपूर्ण र किर्ते काममा लागेको आरोपसमेत लगाए । सबै षड्यन्त्रलाई छिचोल्दै चुनाव गराएरै छाड्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्