२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

चितवन, फागुन ७ । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् । 

जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नम्बरको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ । (रासस)