२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने


0
Shares

स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत १२ र मन्त्रिपरिषद्को चैत २९ गतेको निर्णय तथा प्रधानमन्त्रीको पत्रमा उल्लेखित सिफारिसबमोजिम वैशाख ३१ गते हुने निर्वाचनको कार्यमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान भएको जनाइएको छ । रासस