
चिन्नास्वामी रंगशालमा भएको खेलमा पाहुना टोली गुजरातले बेंग्लोरलाई ७ विकेटले हरायो । बेंग्लोरले प्रस्तुत गरेको १ सय ३५ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा तीन विकेट गुमाएर पुरा गर्यो ।
गुजरातको जितमा आरोन फिन्चको ७२ रन तथा कप्तान सुरेश रैनाको अविजित ३४ रन महत्वपूर्ण रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेंग्लोरका लागि पवन नेगीले ३२ रन तथा केदार जाधवले ३१ रन जोडेका थिए ।
गएरातिको जितपछि ८ खेलबाट ६ अंक जोडेको गुजरात अंक तालिकाको छैटौं स्थानमा रहेको छ । ९ खेलमा दुई खेलमात्रै जितेका बेंग्लोर ५ अंकसहित सातौं स्थानमा छ ।
यो हारले बेंग्लोरको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावनामा गम्भीर धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्