२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


रुकुमको आधा भागमा चुनावी रौनक, आधामा निराश (भिडियो)


0
Shares

स्थानीय विकास निर्माणका मुद्दा र सम्भावित उम्मेद्वारको पक्ष–विपक्षमा सर्वसाधारणबीच बहस भइरहेकै छ । दलहरुले पनि गाउँ गाउँमा पुगेर जनताको मन जित्ने प्रयास गरिरहेका छन् ।

तर १७ दिनमात्र बाँकी रहँदा जिल्लाको आधा भागमा स्थानीय निर्वाचनको मिति सारिँदा रुकुमेली निरास बनेका छन ।

रुकुममा ६ गाउँपालिका र ३ नगरपालिकामा यतिबेला स्थानीयलाई चुनावी रौनकले उत्साहित बनाएको छ ।

दुई दशक पछि हुन लागेकोे स्थानीय तहको निर्वाचनमा जिल्लाको आधा क्षेत्रमा पहिलो चरण र आधा क्षेत्रमा दोस्रो चरणमा हुने गरी मिति सारिए पछि रुकुमबासी केही निराश देखिन्छन् ।

स्थानीय तहको निर्वाचनपछि गाउँमा विकास निर्माण तथा सुशासनले गति लिनेमा जनताले विश्वास लिएका छन् । तोकिएकै समयमा निबार्चन हुनुपर्नेमा पनि स्थानीयको उत्तिकै जोड छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्