Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


म्यानचेस्टर सिटी र युनाइटेड गोलरहित बराबरीमा


0
Shares

गएराति भएको खेलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका हुन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए ।

खेलको ८४ औं मिनेटमा म्यान्चेस्टर युनाईटेडका मराउने फेलीयानीले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

बराबरीपछि लिगको अंक तालिकामा म्यान्चेस्टर सिटी चौथो तथा युनाईटेड पाँचौ स्थानमै रोकिएका छन् ।

३३ खेलबाट म्यान सिटीको ६५ अंक छ भने समान खेलबाट ६४ अंक जोडेको म्यान यु पाँचौं स्थानमा छ । ३३ खेलबाट ७८ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्यामको ७४ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ६६ अंकको साथ तेस्रो स्थानमा छ ।