Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लाङटाङ पदमार्गलाई पुरानै अवस्थामा फर्काउने पहल (भिडियो रिपोर्ट)


0
Shares

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण पदमार्ग क्षतिग्रस्त भएपछि लाङटाङमा पुग्ने पर्यटकको संख्यामा निकै कमी आएको छ । असुरक्षित महसुस गरेपछि विश्वका पर्यटक यहाँ पुग्न डराइरहेका छन् ।

त्यही कारण पछिल्लो समय यो क्षेत्रमा पर्यटकीय गतिविधि नै ठप्प भएको छ । तर, अहिले समय फेरिएको छ ।

नाकाबन्दी र भूकम्पले थिलथिलो भएको पर्यटन उद्योगलाई ब्युँझ्याउन पर्यटन व्यवसायी सक्रिय भएका छन् ।

प्रमुख पदयात्राको गन्तव्यकोरुपमा लाङटाङलाई पुनः विकास गर्न उनीहरु जागरुक भएका हुन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले लाङटाङ क्षेत्र पद्यात्राका लागि सुरक्षित छ भन्ने सूचना विश्वबजारमा पुर्‍याउन सुरु गरेको छ ।

प्राचीनकालदेखि ऋषि–महर्षिले तपस्या गरेको यो स्थल धार्मिक, सांस्कृतिक पर्यटनकोसमेत उत्कृष्ट गन्तव्य हो । यहाँबाट देखिने प्राकृतिक सौन्दर्य विचित्रको छ ।

लाङटाङ लिरुङ, ग्याङ् छिम्पो, नयाँ कङ्ग्री, दोरजे लाक्र्पा, गणेश हिमाल, मनास्लु, सिसा पाङ्मा हिमालले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेका छन् ।

मनोरम हिमाली तथा पहाडी दृष्य एकसाथ अवलोकन गर्न सकिने यो स्थलको प्रचार–प्रसार र अत्यावश्यकीय पूर्वाधार विकास गर्न भने ढिलाइ भएको टानका केन्द्रीय सदस्य सूर्यघिमिरेको भनाइ छ ।

काठमाडौंबाट नजिकैको हिमाली पर्यटकीय गन्तव्यकोरुपमा रहेको लाङटाङ ट्रेकिङका लागि विश्मै उत्कृष्ट मानिन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

Skip This