
कोलकाताले आफ्नो नवौं खेलमा शुक्रबार दिल्ली डेयर डेभिल्समाथि ७ विकेटको जित हासिल गर्दै शीर्ष स्थान मजबुत् बनाएको हो ।
१६१ रनको चुनौती कोलकाताले १६ ओभर २ बलमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
कप्तान गौतम गम्भीरले ५१ बलमा अविजित रहँदै ७१ रन जोडे भने रोविन उथप्पाले ३३ बलमा ५९ रन जोडे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । सन्जु सामसनले ३८ बलमा ६० रन बनाएको इनिङमा कोलकाताका नाथन कोल्टर नाइलले ३ विकेट लिए ।
जितसँगै कोलकाताको ९ खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेको मुम्बई इन्डियन्स १२ अंकसहित दोस्रो स्थानमा छ ।
७ खेलबाट ४ अंकमा रहेको दिल्ली पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्