
दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको जनाएको हो ।
उत्तरले परिक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।
अमेरिकी सरकारको एक सूत्रलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले पनि मिसाइल परीक्षण असफल भएको जनाएको छ ।
दक्षिण कोरियाका सेना प्रमुखका अनुसार यो मिसाइल राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्योनगान प्रान्तबाट गरिएको हो ।
उत्तर कोरियाले परीक्षण गरेको मिसाइलका बारेमा पूर्ण जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोयरियाले पनि यस बारेमा कुनै जानकारी दिएको छैन ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले आफ्नो मुख्य सहयोगी चीनलाईसमेत बेवास्ता गर्दै मिसाइल परीक्षण गरेको दाबी गरेका छन् ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पुनः तनाव बढ्ने सम्भावना बढ्दै गएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्