Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


काठमाडौंमा नेवाः मिडिया कप फुटसल आयोजना हुने


0
Shares

पत्रकार दबू, काठमाडौं जिल्ला शाखाबाट सम्पन्न ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगिता’ मा रनिङ शील्डसहितको नेवाः मिडिया कप फुटसलको आयोजना गर्ने घोषणा दबूले गरेको हो ।

नेपालभाषा माध्यमबाट सञ्चालित सञ्चार गृह र विभिन्न सञ्चारगृहमा कार्यरत नेवार पत्रकारबीच मिडिया कप प्रतियोगिता सन्चालन गरिने दबू, काठमाडौं जिल्लाका सचिव प्रजित शाक्यले जानकारी दिए ।

पत्रकार दबू काठमाडौंका कोषाध्यक्ष स्वर्गीय सानुकाजी महर्जनको स्मृतिमा आयोजित ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगितामा भने इमेज च्यानलको ख्वताबजि कार्यक्रमको टिमले उपाधि जितेको छ ।

सुरेन्द्र तुलाधरको कप्तानीमा मैदानमा उत्रेको ख्वताबजि टिमले सुरेन्द्र मानन्धरको ईमेज च्यानलकै समयबजि टिमलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट प्रतियोगिताको विजेता चुनिएको हो ।

आयोजक टिम नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं भने नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरलाई ६-० ले पछि पार्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा नेपालभाषा संकिपा समाजका गोलरक्षक सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी घोषित भएको प्रतियोगितामा समयबजिका प्रकाश महर्जनले ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।