३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ब्राजिलमा आमहड्ताल हिंसात्मक, सवारी साधनमा आगजनी


0
Shares

मध्य रियो दि जेनेरियोलगायतका विभिन्न शहरमा सवारी साधनमा आगजनी गरिएको छ ।

विभिन्न ट्रेड युनियनको आह्वानमा केही दिन यतादेखि गरिएको आमहड्तालका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

सडक अवरुद्ध पारिएको छ भने पसलहरु बन्द गराइएका छन् । देशैभर बैंक, शिक्षण संस्था बन्द गरिएका छन् । आमहड्तालका अधिकांश दिन शान्त रहे पनि अन्तिम दिन भने हिंसात्मक बनेको हो ।

राष्ट्रपति माइकल टिमरले घटनाप्रति दुःख व्यक्त गर्दै मुलुकलाई आधुनिकीकरण गर्ने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मुलुकको इतिहासकै खराब आर्थिक मन्दीबाट पार पाउन सरकार र श्रमिकहरु मिलेर काम गरिरहेको जिकिर गरे ।

राष्ट्रपति टेमरको श्रम सुधार प्रस्ताव संसद्मा स्पष्ट मतका साथ पारित भएको थियो ।

तर प्रदर्शनकारीहरुले भने प्रस्तावित पेन्सन सुधारले अवकास पाउने उमेर बढाउने र सुविधा घट्ने बताएका छन् ।(एजेन्सी)