२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दुई चरणमा निर्वाचनः रोल्पाली सशंकित (भिडियो रिपोर्ट)


0
Shares

सरकारले मधेसी मोर्चासम्बद्ध दललाई निर्वाचनमा सहभागी गराउनका लागि पूर्वघोषित मितिबाट दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेपछि रोल्पाली जनता सशंकित देखिएका हुन् ।

रोल्पामा स्थानीय तह निर्वाचनको लागि निकै उत्साहपूर्वक जनता लागिरहेका थिए । जिल्लामा वैशाख ३१ गते नै निर्वाचन हुनुपर्ने रोल्पालीको भनाइ छ ।

राजनीतिक दलहरु पनि आफ्नो चुनावी एजेन्डासहित गाउँगाउँ पसिसकेका थिए ।

तर, पछिल्लो समयमा सरकारले मधेसी दललाई निर्वाचनमा सहभागी गराउनको लागि ५ नम्बर प्रदेशमा जेठ ३१ गते चुनावको मिति तोक्दिएपछि अब चुनाव हुन्न कि भन्नेतर्फ जनता सशंकित बन्न थालेका हुन् ।

मधेसी दलहरु पनि निर्वाचनमा सहभागी हुने निर्णयप्रति भने रोल्पाली पनि खुसी देखिन्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।