फाइल फोटो
शनिबार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको कांग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताकाक्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो ।
छलफलका लागि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।
भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने बरु संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताएका थिए ।
भेटपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन र वर्तमान राजनीतिक अवस्थाकाबारेमा दुई दलका नेताबीच छलफल भएको बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले संशोधनमा सहयोग गर्न कांग्रेसले गरेको आग्रह आफूहरुलाई मान्य नभएको बताए । रासस





प्रतिक्रिया दिनुहोस्