Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


पाँचौं दक्षिण एसियाली ट्राइएथलन च्याम्पियनसिपमा भारतीय खेलाडीको वर्चश्व


0
Shares

गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै १२औं दक्षिण एसियाली खेलकुद सागका स्वर्णधारी भारतकै दिलीप कुमारलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

दोस्रो स्थानमा आएका दिलीपले ५५ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरे । तेस्रो स्थानमा नेपालका बसन्त थारु रहे । उनले उक्त दुरी ५६ मिनेट १२ सेकेन्डमा पूरा गरे ।

त्यसैगरी, महिलातर्फको प्रतिस्पर्धामा सागकी स्वर्णधारी पल्लली रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्डमा निर्धारित् दुरी पूरा गर्दै उपाधि जितेकी हुन् ।

दोस्रो स्थानमा नेपालकी सोनी गुरुङ र तेस्रो स्थानमा १२औं सागकी कास्यपदक विजेता रोजा केसी रहिन् ।