Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


वैशाख ३१ गते नै पहिलो चरणको निर्वाचन गर्नुपर्नेमा एमालेको जोड


0
Shares

शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तोकिएकै समयमा निर्वाचन गर्ने वातावरण बनाउन सत्ताधारी दलहरुलाई आग्रहसमेत गरेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचनको वातावरण बनाउन संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने एमालेको धारणा रहेको बताउँदै सरकारले विधेयक फिर्ता नलिए चुनाव गर्न कठिनाइ हुनेसमेत एमालेले निष्कर्ष रहेको जनाए ।

एमालेले अधिकांश ठाउँमा सर्वसम्मत् उम्मेदवारहरुको चयन भइसकेको र बाँकी उम्मेदवारहरुको टुंगो आइतबारसम्म लाग्ने जनाएको छ ।