३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ट्रम्पको सय दिन : विरोधीहरु सडकमा नारा लगाउँदै


0
Shares

राजधानी वासिंटनसहित विभिन्न सहरमा ट्रम्पविरोधी नारा गुञ्जिएका छन् । हजारौं प्रदर्शनकारीहरुले उनको विरोधमा नारा लगाएका हुन् ।

प्रदर्शनकारीहरुले जलवायु परिवर्तको विषयमा ट्रम्पको नितीलाई लिएर पनि विरोध गरेका छन् । उनीहरुले ट्रम्पलाई बाटोबाट हट्न भनेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि सञ्चारमाध्यम माथि खनिएका छन् । पेन्सेल्भेनियामा आयोजित र्‍यालीमा उनले सञ्चारमाध्यममा आफ्नाबारेमा गरिएका आलोचना पत्रकारसँग साइनो नै नभएको भन्दै आक्रोस पोखेका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा आयोजित संवाददाताको डिनर मिटिङमा आफू सहभागी नहुने समेत जनाएका छन् । सन् १९८१ मा रोनाल्ड रेगनपछि यस्तो वार्षिक कार्यक्रममा सहभागी नहुने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

पदभार ग्रहण गरेको सय दिनका अवसरमा आयोजित ¥यालीमा उनले कार्यकालको सय दिन निकै उत्साहजनक र रचनात्मक भएको जिकिर गरे ।

कोइला विरुद्धको युद्ध अन्त्य गर्दै प्रत्येक दिन अमेरिकी जनतालाई रोजगारी दिलाउने काम गरिरहेको उनको जिकिर थियो । (एजेन्सी)