Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


नेपाली यु–२१ फुटबल टोली भारत प्रस्थान


0
Shares

काठमाडौं, फागुन ६ । ‘डा. ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यु–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ ।

नेपाली टोली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ ।

एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको बिदाइ गरेको हो ।

गुवाहाटी जाने टोलीमा २० खेलाडी र ८ अफिसियल समावेश छन् ।

प्रतियोगिता यही फागुन ७ देखि १४ गतेसम्म हुनेछ ।

टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी डिफेन्डरमा छिरिङ गुरुङ (कप्तान), रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल, राजन गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी, फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ, प्रिजन तामाङ तथा वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।

टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा सल्यान खड्गी रहेका छन् ।

गोलकिपर प्रशिक्षकमा छानुराम चौधरी र फिजियोमा कीर्तन श्रेष्ठ छन् । रासस

Skip This