
काठमाडौं, फागुन ६ । आगामी चैत १६ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
दुईओटा समूहले प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौंस्थित नेपाल बार एसोसिएसनको कार्यालयमा पुगेर अध्यक्ष पदका लागि डेमोक्र्याटिक लयर्स एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता सुनीलकुमार पोखरेलले उम्मेदवारी दर्ता गराए ।
यस्तै, अध्यक्ष पदका लागि नेपाल ल एसोसियट्स (एनएलए)बाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, डेमोक्र्याटतर्फबाट प्रदेश नम्बर–१ र २ को उपाध्यक्षमा डिल्लीबहादुर कार्की र सुधीरकुमार कर्ण, ३ र ४ को उपाध्यक्षका लागि राजेश्वर अधिकारी र निरञ्जनलाल राजभण्डारी, ५ र ६ को उपाध्यक्षमा सुनीलकुमार श्रेष्ठ र उत्तम आचार्य र ७ को उपाध्यक्षमा ठेकेन्द्रराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, एनएलएबाट प्रदेश–१ र २ को उपाध्यक्षमा मानबहादुर रुम्जाली र रामचन्द्र सिंह, ३ र ४ को उपाध्यक्षमा ईश्वरीप्रसाद भट्टराई र सुरेन्द्र थापामगर, ५ र ६ को उपाध्यक्षमा लीलाधर मरासिनी र मीनबहादुर महत र ७ को उपाध्यक्षमा उमेशप्रसाद विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
डेमोक्र्याटबाट महासचिव पदमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावल तथा एनएलएबाट महासचिवमा सुरेन्द्र थापा र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
महिला उपाध्यक्षका लागि कविता थापा कार्की र रक्षा बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, अध्यक्ष पदका लागि अधिवक्ता डा. पुण्य खतिवडाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्