३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘स्वीस मेसिन’को सगरमाथा आरोहणकाक्रममा मुत्यु


0
Shares

बिनाअक्सिजन नयाँ बाटो बनाउँदै सगरमाथा चढ्ने प्रयास गर्दा वातानुकूलित हुन नसक्दा दुर्घटनामा परेपछि उनको ज्यान गएको हो । शनिबार (हिजो) उनको शरीर हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

४० वर्षीय स्टेकलाई तीव्रगतिमा हिमाल चढ्ने व्यक्तिकोरुपमा लिइन्थ्यो । यसैकारण उनले अन्तर्राष्ट्रियस्तरका थुप्रै पुरस्कारहरु पाएका थिए ।

गत बुधबार उनले आफ्नो फेसबुकमा सगरमाथा आधार शिविरबाट एक दिनमै ७ हजार मिटर पुगेर आधार शिविर नै आउन सफल भएको उल्लेख गरेका थिए ।

उनले लेखेका थिए–‘सक्रिय वातावरणले तीव्रगतिमा उच्च उचाइमा पुग्न निकै प्रभाव पादर्छ ।

बेलायती पर्वतारोही केन्टन कुलले स्टेक एक साहसिक र हौसला दिने पर्वतारोही भएको उल्लेख गर्दै पर्वतारोहणको क्षेत्रमा अतुलनीय क्षति पुगेको बताए ।

त्यस्तै, बेलायती पर्वतारोही आयोगले पर्वतारोहण क्षेत्रमा एक योद्धा गुमाउनुपरेको उल्लेख गरेको छ ।

स्वीट्जरल्यान्डका नागरिक स्टेकले हिमाल आरोहणमा नयाँ मापदन्डको खोजी गर्दै थिए । उनले आफ्नै नयाँ बाटो बनाएर साधारण पर्वतारोहीलेभन्दा छिटो हिमाल आरोहण गर्थे ।

उनले थुप्रै हिमालहरुमा वैकल्पिक बाटोहरु बनाएर एउटा छुट्टै पहिचान बनाएका थिए । त्यसैले उनलाई ‘स्वीस मेसिन’ भनेर सम्बोधन गरिन्थ्यो ।

पछिल्ला वर्षहरुमा सगरमाथा आरोहण गर्ने पर्वतारोहीको चाप बढेर बाटो नै अवरुद्ध भएको समाचार आएपछि उनी सगरमाथा आरोहणका लागि नयाँ वैकल्पिक बाटोको खोजीमा थिए ।

यसैक्रममा उनको मृत्यु भएपछि उनको सपना अधुरो भएको बीबीसीले उल्लेख गरेको छ ।