३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


अफगानी सुरक्षा कारबाहीमा ४३ विद्रोहीको मृत्यु


0
Shares

अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको आतंकवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ । त्यस्तै, अन्य आठ जना घाइते भएको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आईएस) समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्ला केही हप्तायता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेको छ । रासस/सिन्ह्वा