Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आइपीएलमा हैदरावाद र पञ्जावको जित


0
Shares

मोहालीमा भएको खेलमा पञ्जावले दिल्ली डेयरडेभिल्सलाई १० विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले १७ ओभर १ बलमा अलआउट हुनुपुर्व ६७ रन मात्रै बनाउन सक्यो । जवाफमा ६८ रनको झिनो लक्ष्य पञ्जावले आठौं ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो । पञ्जावको जितमा सुरुवाती व्याट्सम्यानहरु मार्टीन गुप्टिलले अविजित ५० रन तथा हसिम अमलाले १६ रनको योगदान दिए ।

आईपीएल अन्तर्गत हिजै भएको अर्को खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ४८ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो ।

हैदरावादका डेभिड वार्नरले १ सय २६ रन जोड्दा केन विलियम्सनले ४० रनको योगदान दिए ।

जवाफमा २ सय १० रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सक्यो । कोलकाताका रविन सिंह उथप्पाले ५३ रन जोडे पनि टोलीलाई हारबाट बचाउन सकेनन् ।

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज मुम्बई ईण्डीयन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दा राईजिङ पुने सुपरजाईन्ट्सले गुजरात लायन्सको सामना गर्नेछ ।