
यही वैशाख ३१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश नम्बर ४ र ५ मा रहेको नवलपरासीमा कुल सात नगरपालिका र आठ गाउँपालिका छन् । जसमध्ये प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रमा पर्ने चार नगरपालिका र चार गाउँपालिकामा वैशाख ३१ गते निर्वाचन हुँदै छ ।
प्रदेश नम्बर ५ को परासी क्षेत्रका तीन नगरपालिका र चार गाउँपालिकामा भने जेठ ३१ गते निर्वाचन हुने छ ।
जिल्लामा कुल ३ लाख ६९ हजार ८ सय ९४ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ बाट कुल १ लाख ८६ हजार ८ सय ८१ मतदाता सहभागी हुँदै छन् । जिल्लामा ३२ दल दर्ता भएका छन् ।
यसैबीच मनोनयन दर्तासँगै नवलपुर क्षेत्रमा हुने निर्वाचनका लागि वैशाख २० र २१ गते सदरमुकाम परासीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण राखिएको जिल्ला निर्वाचन अधिकारी अयोध्यायप्रसाद भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्