
विश्व फुटबल संघ (फिफ)का अनुसार विश्वकप फुटबल छनौटमार्फत बरियाताक्रममा परेका ३२ ओटा राष्ट्रले मात्र यस विश्वकप फुटबल फाइनल टुर्नामेन्टमा भाग लिन पाउने छन् ।
विश्व खेलकुदको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने वल्र्ड कप नजिकिदै गर्दा रसियाले भब्य तयारी गरिरहेको छ ।
सिएनएनका अनुसार रसिया आगामी विश्वकप फुटबलको लागि ११ ओटा शहरमा १२ ओटा रंगशालाको निर्माण गरीएको छ । अबको विश्वकप फुटबलमा ३२ ओटा राष्ट्रले १२ ओटा रंगशालामा ६४ ओटा खेल खेल्नेछन् ।
अन्तिम फाइनल खेल आगामी वर्षको जुलाई १५ मा मस्को शहरको ‘लुज्ह्निकी’ रंगशालामा हुनेछ । अत्याधुनिक सुविधा सम्पन्न ति रंगशालाहरु यस्ता छनः
क्रेरेस्टोभस्काइ रंगशाला
सेन्ट पिर्टसबर्ग रंगशाला ‘क्रेरेस्टोभस्काइ’ आइल्याण्डमा निर्माण गरिएको छ । एक लाख १० हजार दर्शक क्षमताको यस रंगशाला जापानिज आर्किटेक्ट किशो कुरोसवाले डिजाइन गरेका हुन् ।
यस रंगशालामा आँफै मौसम अनुसार परिवर्तन हुने छत र फोल्ड गर्न सकिने मैदान रहेको छ । साथै पुरै रंगशालाको मौसम अनुकुल बनाउन सकिने प्रविधि जडान गरिएको छ ।
एकेटरीनबर्ग रंगशाला
दोस्रो रंगशालाको नाम हो ‘एकेटरीनबर्ग’ । मस्कोबाट १ हजार माइलको दुरीमा रहेको यस रंगशाला पहिल्यै निर्माण भएपनि अहिले पुन निर्माण गरी आधुनिक बनाइएको छ ।
कालिनिनगार्ड रंगशाला
तेस्रो ‘कालिनिनगार्ड’ रंगशाला हो । ‘ओक्टेब्रस्काइ’ आइल्याण्डमा निर्मित यस रंगशाला वार्यन म्युनिख खेलाडी एलियन्जले डिजाइन गरेका हुन् ।
रोस्टा रंगशाला
रसियाको सबैभन्दा उच्च स्थान रोस्टो अन डनमा निर्माण गरीएको ‘रोस्टो’ एरेना रंगशाला शहरभन्दा बाहिर एकान्तमा छ । यहाँको तापक्रम बढिमा २० डिग्री सेल्सीयस हुने गर्दछ ।
फिस्ट रंगशाला
अर्को सुन्दर रंगशालाको नाम हो ‘फिश्ट’ । सोची शहरमा निर्मित यस रंगशालामा सन् २०१४ को ग्रीष्म ओलम्पिकको स्वागत र अन्तिम खेल खेलिएको थियो । ‘माउन्ट फिस्ट’को नामबाट यस रंगशालाको नाम राखिएको हो । यस रंगशालामा विश्वकप फुटबलको क्वार्टर फाइनल खेल हुनेछ ।
लुज्ह्निकी रंगशाला
यसअघि सन् १९८० मा ओलम्पिक खेल, सन् २००८ मा च्याम्पियन्स लिग लगायत अन्तर्रा्ष्ट्रिय खेल भैसकेको रसियाको सबैभन्दा चर्चित रंगशालाको नाम हो ‘लुज्ह्निकी’ रंगशाला ।
यस रंगशालामा सेमि फाइनल र फाइनल खेल हुनेछ । मस्को शहरमा रहेको यस रंगशाला ठूलो र अत्याधुनिकसमेत रहेको छ ।
भोल्गोगार्ड रंगशाला
अर्को रंगशालाको नाम हो ‘भोल्गोगार्ड’ एरेना । दोश्रो विश्वयुद्धमा ज्यान गुमाउने सैनिकहरुको सम्झनामा बनाइएको यस रंगशालामा घरेलु क्लबहरुले फुटबल खेल्दै आएका छन् ।
स्पार्कटक रंगशाला
‘स्पार्कटक’ रंगशाला पनि मस्को मै रहेको छ । यस रंगशालाको निर्माण स्पार्कटक मस्कोले एक शताब्दी अघि नै गरेका हुन् । यस रंगशाला रसियाको लागि सांस्कृतिक हिसाबले सबैभन्दा बहुमूल्य मानिन्छ । यस रंगशालामा अझैपनि रातो र सेतो हिराले बनाइएको मुर्तिहरु सुरक्षित छन् ।
निझ्ने नोभगोरोड रंगशाला
‘निझ्ने नोभगोरोड’ रंगशाला ‘निझ्ने नोभगोरोड’ शहरमा रहेको छ । ‘भोल्गा’ र ‘ओका’ नदिको विचमा रहेको यस रंगशालाको निर्माण पुरा भैसकेको छैन् । त्यस्तै अर्को ‘सामरा एरेना’ रंगशालाको पनि निर्माण पुरा भएको छैन् ।
‘मोरडोभिया एरेना’ र ‘काझन एरेना’ रंगशालाको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘काझन एरेना’ रंगशाला सबैभन्दा फराकिलो रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्