Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


इन्डोनेसियाका १४६ वर्षिय बृद्धको निधन (फोटोफिचर)


0
Shares

उनको आधिकारिक जन्मपत्रअनुसार म्बह घोट्टो (हजुरबुबा घोट्टो) नामले चिनिने सोदिमेद्जो नाम गरेका ती बृद्ध सन् १८७० को डिसेम्बरमा जन्मिएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीले आफूसँगको एक अन्तरवार्ताका क्रममा आधिकारिक मानिएको जन्मपत्र परिक्षण गर्दा सक्कली भएको जनाएको छ ।

तर, इण्डोनेसियन सरकारका अनुसार सन् १९०० देखिमात्र इण्डोनेसियामा जन्मपत्र दर्ता शुरु गर्न थालिएको हो । म्बह घोट्टाको निधन पछि उनका आफन्तले संसारकै सबैभन्दा धेरै वर्ष बाँच्ने ब्यक्ति रहेको दावि गरेका छन् ।

उनी गत अप्रिल १२ मा स्वास्थ्य परिक्षण गर्न अस्पताल पुगेका थिए । लगत्तै ६ दिनको स्वास्थ्य परिक्षण गरी अस्पतालबाट घर फर्किएका थिए ।

ती बृद्धका नाति सुयन्तोले अस्पतालबाट फर्किएपछि हजुरबुबाले केहि चम्चा गहुँको जाउलो र थोरै रक्सि पिएको बताए । उनले भने ‘मर्नुभन्दा दुई दिन अघिबाट खान र पिउन छोडिदिएका थिए ।’

म्बह घोट्टोले गत वर्ष नै बीबीसीसंगको कुराकानीमा मानिसहरुले आँफुलाई धेरै माया गरेकोले आँफु धेरै वर्ष बाँच्न सफल भएको बताएका थिए । उनले भनेका थिए ‘धैर्यता र मायाले मानिसलाई बाँच्न सिकाउँछ ।’

जवानीमा अत्यन्तै चुरोट खाने उनले जीवनमा चार जनासंग बिवाह गरेर १० जना छोराछोरीको बाबु बनेपछि छोडिदिएको बताएका थिए । उनी आफ्नो गाउँ वरपर सबैलाई जापान र डच साम्राज्यवादको कथा सुनाउनका लागि चर्चित र नायक जस्तै थिए ।

उनको नाति सुयन्तोले सोमबार (आज) बिहानै घर नजिकैको मुर्दाघरमा उनको शरीर गाडिएको बताए । उनले भने ‘हजुरबाले मर्नुअघिसम्म पनि हामिलाई माया गर्नुभयो, हामीलाई छोडेर जानुपर्छ भनेर दुखि हुनुहुन्थ्यो तर, अब हामीले उहाँलाई बिदाई गर्नैपर्छ ।’

यदि स्वतन्त्रपुर्वक सबैभन्दा धेरै वर्ष बाँच्ने मानिस को हो भन्ने अुनसन्धान गर्ने हो भने हजुरबुबा घोट्टो नै रहेको पुष्टि हुन्छ ।

तर, अहिलेसम्मको इतिहासको रेर्कड हेर्दा फ्रान्सकी सेन्टेनेरिएन जेएन्ने कल्मेन्ट छिन् । केल्मेन्टको १२२ वर्षको उमेरमा मृत्यु भएकी थिइन् ।