
सन् २०१५ मा जापानी सेनाको भूमिका बढाउने विवादास्पद कानुन पारित भएपछि पहिलो पटक यस्तो युद्धपोत बाहिर पठाइएको हो ।
‘इजुमो’ नाम दिइएको हेलिकोप्टरसमेत बोक्न सक्ने उक्त युद्धपोतले कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी जहाजको पहरेदारीमा सहयोग पुर्याउने जनाइएको छ ।
अमेरिकी पानी जहाजले आफ्ना नौसैनिक विमानका लागि इन्धन आपूर्तिको व्यवस्था गर्दैछ । २ सय ४९ मिटर लामो जुमोले नौ वटा हेलिकोप्टर बोक्न सक्ने क्षमता राख्छ ।
बढ्दो तनाबका बीच उत्तर कोरियाले भने यस्ता जहाज डुबाउने चेतावनी दिएको छ । केही समय अघि मात्र जापान र अमेरिकाका सेनाले संयुक्त अभ्यास गरेका थिए ।
दक्षिण कोरियाले पनि अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ । छिमेकीको यस्तो व्यवहारबाट रुष्ट उत्तर कोरियाले भने लगातार मिसाइल परिक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्