
दुई मुलुकबीच वाकयुद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपतिले यस्तो चाहना व्यक्त गरेका हुन् ।
ब्लूमबर्गमा दिएको एक अन्तर्वातामा ट्रम्पले उपयुक्त समयमा किम जोङ उनसँग भेट्दा आफू खु्शी हुने बताए ।
ह्वाइट हाउसका प्रवक्ताले भने वर्तमान परिस्थितिमा भेटवार्ता सम्भव नभएको भन्दै उत्तर कोरियाले भड्काउपूर्ण गतिविधिमाथि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
यसअघि हिजो मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनलाई चलाख शासक भनी टिप्पणी गरेका थिए ।
ट्रम्प प्रशासनले उत्तर कोरियाको परमाणु कार्यक्रमा रोक लगाउने कोशिस गर्दै कुटनीतिक दबाब दिइरहेको छ ।
कोरियाली प्रायद्विपमा अमेरिकी युद्धपोत तैनाथ छ । उत्तर कोरियाले पनि लगायत मिसाइल परिक्षण गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्