
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा चार जना मन्त्रीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नबारे संसद्मा जवाफ दिने कार्यक्रम छ ।
बैठकमा रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सांसदले सोधेका प्रश्नको जवाफ दिने तयारी छ ।
मन्त्रीलाई सोध्नका लागि सांसदहरुले सचिवालयमा प्रश्न दर्ता गराएका छन् ।
एक जना सांसदले एक मन्त्रीका लागि एउटा र थप पाँच जनाले पुरक प्रश्न गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्