कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार साँझ धनगढीस्थित निर्सग अस्पताल भर्ना भएका मल्ललाई गएराति नै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
प्रदेश प्रमुख मल्लको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार मल्लको स्वास्थ्यमा केही सुधार आएको छ ।
७१ वर्षीय प्रदेश प्रमुख मल्ल काम ज्वरोका कारण कमजोर भएको चिकित्सकहरुले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्