२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


भरतपुर महानगरपालिकामा यी हुन् तीन ठूला दलका उम्मेदवार


0
Shares

प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहेका छन् । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहेका छन् ।

दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल र समर्थकमा सूर्य सुवेदी पथिक रहेका छन् ।

सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा एमाले र नेपाली कांग्रेसले पालैपालो उम्मेदवारी दर्ता गराएका थिए ।

माओवादी केन्द्रभन्दाअघि नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

मंगलबार बिहान १०ः३० बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा र झाँकीसहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

जिल्लाका अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा पनि मनोनयन दर्ता भएका छन् । रासस