२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पोखरा महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार को–को ?


0
Shares

जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमालेले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीको उम्मेदवारी परेको छ ।

त्यस्तै, महानगरपालिकाका लागि समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखमा हुम गुरुङ र उपप्रमुखमा लक्ष्मी खाती परियारको उम्मेदवारी दर्ता भएको छ ।

प्रमुख राजनीतिक दलका साथै विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्तासमेत भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू पोखराका विभिन्न स्थानबाट बाजागाजा र र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । रासस