
मुख्य तीन दलसहित स्वतन्त्रलेसमेत उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल र उपप्रमुखमा जगत खत्रीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट नगर प्रमुखमा शान्तिलाल महत र उपप्रमुखमा मेनका रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा अशोककुमार श्रेष्ठ र उपप्रमुखमा अप्सरादेवी न्यौपाने महतले उम्मेदवारी दर्ता गराएका छन् ।
जुम्लामा ८७ ओटा मतदान केन्द्र रहेका छन् भने ५४ हजार ६ सय मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्