३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सिरिया युद्ध रोक्न ट्रम्प र पुटिनले दबाब दिने


0
Shares

दुई नेताबीच भएको टेलिफोन कुराकानी उपलब्धीमुलक भएको ह्वाइट हाउस र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक महिनाअघि सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणपछि दुई नेताबीच पहिलो कुराकानी भएको हो ।

अमेरिकाले सिरियाका राष्ट्रपति बसर अल असादविरुद्ध संघर्षरत विद्रोहीलाई साथ दिएको छ भने रुस असादको पक्षमा छ ।

ट्रम्प र पुटिनबीच उत्तर कोरियाको खतरनाक अवस्थाको उत्तम समाधानको उपाय खोज्ने विषयमा पनि छलफल भएको थियो ।

पुटिनले कोरियाली प्रायद्विपका विषयमा धैर्य कायम गर्दै तनाब कम गर्न आग्रह गरेका थिए । (एजेन्सी)