३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


अमेरिकी एफबीआईकी महिला सदस्य र आईएस लडाकुबीच विवाह !


0
Shares

एफबीआईले आफ्नो अनुवादक ड्यानियल ग्रीन र सिरियामा सक्रिय आईएसका नयाँ लडाकु डेसी कुस्पर्टबीच गोप्यरुपमा विवाह भएको जनाएको छ ।

ग्रीनलाई आईएसले भर्ती गराउने लडाकुका विषयमा जाँच गर्ने जिम्मेवारी सन् २०१४ को जनवरीमा सुम्पिएको थियो ।

छ महिनापछि नै ग्रीनले सिरियामा गएर कुस्पर्टसँग विवाह गरेकी थिइन् ।

३८ वर्षिया ग्रीनले सिरियाबाट जिम्मेवारी निर्वाह नगरी भागेर अमेरिका आउँदा उनलाई दुई वर्षसम्म कारागारमा राखिएको थियो ।

एक अमेरिकी अदालतले उनको जेल सजायका बारेमा गोप्य राख्न निर्देशन दिएको थियो ।

तर संघीय अदालतको दस्तावेज खोलिएपछि भने ग्रीनले आर्ईएस लडाकु कुस्पर्टसँग विवाह भएको खुलासा भएको हो ।

जर्मन र्‍यापर कुस्पर्टले आईसका लागि लडाकुसमेत भर्ना गरेका थिए । (एजेन्सी)