२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


गोरखाका तीन वडामा कांग्रेस उम्मेदवार निर्विरोध वडाध्यक्ष


0
Shares

अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर–१ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध भएका हुन् ।

गौरीशंकर निमाविको प्रधानाध्यापक पदबाट राजीनामा दिइ लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए ।

यस्तै, चुमनुब्री गाउँपालिकाको वडा नम्बर–२ ल्होको वडाध्यक्षमा कांग्रेसका पेम्बा रितार निर्विरोध भएका छन् भने सोही गाउँपालिकाको वडा नम्बर–५ को वडाध्यक्षमा कांग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध भएका छन् ।

सो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा माओवादी केन्द्रबाट लाक्पा डुन्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जीन नोर्बु लामाको उम्मेदवारी परेको छ ।

दुईओटा नगरपालिका र ९ ओटा गाउँपालिका रहेको गोरखामा उम्मेदवारी दर्तासँगै चुनावी गतिविधि बढेको छ । रासस