२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


ललितपुर महानगरको प्रमुख–उपप्रमुखमा ३० जनाको उम्मेदवारी


0
Shares

सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार १७ जनाको प्रमुखमा र १३ जनाको उपप्रमुखमा उम्मेदवारी परेको छ ।

१७ प्रमुखमध्ये ११ पुरुषले विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने छन् ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, १३ उपप्रमुखमध्ये ९ जनाले विभिन्न राजनीतिक दलका तर्फबाट र चारजनाले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । उपप्रमुखमा दुई पुरुष र ११ महिला उम्मेदवार रहेका छन् ।

ललितपुरमा कुल दुई लाख १३ हजार ७३ मतदाता रहेका छन् । महानगरपालिकामामात्रै एक लाख १३ हजार ९२३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २९ वडा संख्या रहेको महानगरमा १३२ ओटा मतदान केन्द्र रहेको छ ।

ललितपुर महानगरपालिकाको वडाध्यक्षमा १६४, महिला सदस्यमा १२९, दलित महिला सदस्यमा ५४ र खुलाबाट २६३ जनाको उम्मेदवारी परेको छ । रासस