
गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएको र त्यस क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले दुर्घटनामा ७० जना घाइते भएको जनाएका छन् ।
खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उदृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।
पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भएको बताइएको छ ।
सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्