Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


वैज्ञानिक भन्छन्– ‘सय वर्षपछि पृथ्वी बस्न लायक हुँदैन, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्छ’


0
Shares

उनले जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्डको ठक्करबाट प्रद हुने परिस्थितिका कारण सय वर्षपछि पृथ्वीमा मानव जीवनका लागि ठूलो खतरा हुने चेतावनी दिएका हुन् ।

बीबीसीको डकुमेन्ट्री ‘एक्सपेडिसन न्यू अर्थ’ मा भौतिक शास्त्री हकिङ्ग र उनका विद्यार्थी क्रिस्टोफ गलफर्डले यस्तो चेतावनी दिएका हुन् । उनीहरु पृथ्वी बाहिर मानव जीवनको सम्भावनाका लागि समेत अन्य ग्रहकोबारे अनुसन्धान गरिरहेका छन् ।

सोही डकुमेन्ट्रीमा उनीहरुले भनेका छन्, ‘मानव जातिलाई बाँच्नु छ भने अन्य कुनै ग्रहमा जीवनको सम्भावना खोज्नु पर्दछ ।’

अघिल्लो महिना पनि भौतिक शास्त्री हकिङ्गले चेतावनी दिदैं भनेका थिए, ‘प्रविधिको विकाससँगै मानवको आक्रामकता बढी खतरनाक भइरहेको छ, यही प्रवृत्तिले परमाणु या जैविक युद्धका माध्यमबाट मानवको विनाश गर्न सक्छ ।’ एउटा वैश्विक सरकारले मात्र यसबाट मानिसलाई जोगाउन सक्ने उनको भनाइ थियो ।

स्मरणीय छ, ७५ वर्षीय हकिङ्ग मोटर न्यूरोन नामक रोगको शिकार भएका छन् । सोही रोगका कारण उनी बोल्न सक्दैनन् भने उनको शरीर पनि अशक्त छ । तर इन्टेलद्वारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा उनले आफ्ना कुरा र आविष्कार विश्वसामू ल्याउने गरेका छन् । (एजेन्सी)

Skip This