
बुधबार साँझ राजधानी मोगादिशुस्थित राष्ट्रपति भवननजिक कारमा गइरहेकाबेला उनीमाथि सुरक्षाकर्मीले गोली चलाएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
घटनालगत्तै इथियोपिया भ्रमणमा रहेका राष्ट्रपति मोेहम्मद अब्दुल्लाही फार्मोजोले भ्रमण छोट्याएका छन् ।
३१ वर्षीय अबास मुलुककै कान्छो मन्त्री बन्न सफल भएका थिए । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरिएको त्यहाँको सरकारी रेडियोले जनाएको छ ।
यसअघि पनि लडाकू ठानेर सोमालियाली सेनाले आत्तिएर आफ्नै कमान्डर र सहकर्मीमाथि गोली हानेका घटना सार्वजनिक भएका थिए ।
सोमालियामा सरकारी सेनाले लडाकूविरुद्ध कारबाही चलाइरहेको छ । सोमालियाको धेरैजसो भूभाग लडाकू समूह ‘अल सबाब’को नियन्त्रणमा छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्