३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


बेलायतका राजकुमार फिलिपले सन्न्यास लिने


0
Shares

बर्किङघम दरबारले बिहीबार घोषणा गरेअनुसार द ड्युक अफ एडिनवर्ग, राजकुमार फिलिप आफैंले यस्तो निर्णय लिएको र त्यसमा महारानी एलिजावेथको समर्थन रहेको छ ।

९६ वर्ष लाग्दै गरेका राजकुमार फिलिप अगष्ट महिनासम्मका पूर्वनिर्धारित् कार्यक्रमहरुमा भने सहभागी हुने दरबारका प्रवक्ताले जनाएका छन् ।

सन् २०१६ मा राजकुमार फिलिपले ११० दिन राजकीय कार्यक्रमहरुमा भाग लिएर राजपरिवारको पाँचौ व्यस्त सदस्य बनेका थिए । उनी ७८० भन्दा बढी संगठनमा आबद्ध छन् ।

खराब स्वास्थ्यका कारण नभइ बढ्दो उमेरका कारण राजकुमार फिलिपले यस्तो निर्णय लिएको जनाइएको छ ।

महारानी एलिजाबेथ र राजकुमार फिलिपले आगामी नोभेम्बरमा विवाहको ७०औं वर्षगाँठ मनाउँदै छन् ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले राजकुमार फिलिपप्रति मुलुकका तर्फबाट आभार व्यक्त गर्दै शुभकामना दिएकी छन् ।