२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


उम्मेदवारलाई चुनाव चिह्न शुक्रबार


0
Shares

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसअघि, शुक्रबार बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्नेछ ।

यसैबीच, यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार दुई सय सातजनाले मनोनयन दर्ता गराएको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । यद्यपि, अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ ।

१३ हजार पाँच सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख/अध्यक्षमा एक हजार ९ सय २५, उपप्रमुख/उपाध्यक्षमा एक हजार चार सय २९, वडाध्यक्षमा १० हजार ८ सय ४१, प्रत्येक वडाबाट छनोट हुने दुई सदस्यमा १८ हजार ती सय ७१ र महिला सदस्यमा ९ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा विभिन्न पदका लागि ८ सय ८७ को उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यक्रमानुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिइ नाम फिर्ता लिन चाहने व्यक्तिलाई बिहीबार (आज) नाम फिर्ता लिन समय प्रदान गरिएको थियो । रासस